२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

पत्रकार कुटपिट प्रकरणः दोषीलाई पक्राउ गर्न महासंघको अल्टिमेटम

धनगढी: दिनेश सञ्चार गृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घन्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासंघ कैलाली शाखाले प्रशासनलाई अल्टिमेटम दिएको छ। 

घटना भएको दुई दिनसम्म अपराधी समात्न नसकेको भन्दै पत्रकार महासंघ कैलाली शाखाले भोलिसम्म अपराधीलाई पक्राउ नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। 

शनिबार कैलाली शाखाको अगुवाइमा भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षण पत्र बुझाउँदै दोषीलाई पक्राउ गर्न दुई दिने अल्टिमेटम दिएको कैलाली शाखाका कोषाध्यक्ष हिमाल जोशीले बताए।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भोलिसम्म दोषीलाई पक्राउ गर्ने आश्वासन दिएका छन्। ‘हामीले चारैतिर अनुसन्धान गरेका छौं,’ उनले भने, ‘भोलिसम्म घटनामा संलग्नलाई समात्न सक्छौं।’ 

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका युवक शुक्रबार शौचालयमा मृत अवस्थामा भेटिएका थिए। प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले आत्महत्या गरेको भन्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको थियो। 

आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै २०÷२५ जना युवाको समुह दिनेश सञ्चार गृहमै गएर पत्रकारमाथि कुटपिट गरेका थिए। उनीहरूले सञ्चार गृहका सहसम्पादक जनक विष्टलगायतका पत्रकारमाथि कुटपिट गरेका थिए। भने, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि उनीहरुले हातपात गरेका थिए।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७७ भाद्र २७

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP