२०८२ कार्तिक २९, शनिबार
November 15, 2025, Saturday

प्रेस युनियनका केन्द्रीय पार्षद् जोशीद्वार अक्षयकोषमा सहयोग

डोटी- नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद् गणेश जोशीले आफ्नो जन्मदिनको अवसरमा स्व. पत्रकार तेज बहादुर खड्का (तेजु) को स्मृतीमा स्थापना गरेको अक्षय कोषमाआर्थिक सहयोग गरेका छन् । जोशीले प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार खड्काको स्मृतीमा स्थापना गरेको अक्षय कोषमा १३ हजार ३ सय ३३ रुपैंया जम्मा गर्ने घोषणा गरेका हुन् ।

जाशीले स्व. पत्रकार खड्काले डोटी जिल्लाको पत्रकारीतामा पुगाएको योगदानको स्मरण गदै अक्षय कोषमा केही सहयोग गरेको बताएका छन । उनले लामो समय डोटीमा स्व. पत्रकार खड्का संगसंगै पत्रकारीता गरेको र अत्यन्तै मिलनसार र लगनशिल भएको हुदाँ खड्काको घटना शंकास्पद रहेको बताए ।

बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

घटना संकास्पद भएकाले सरकारसंग घटनाको छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न आफन्त र पत्रकारहरुले माग गर्दै आएका छन ।

नेपाल प्रेस युनियन डोटी शाखाले स्व. संस्थापक पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरु संग सहयोग आह्वान गरेको छ । जन्मदिनको अवसरमा अक्षयकोषमा रकम जम्मा गर्ने केन्द्रिय पार्षद् गणेश जोशीलाई नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमले जन्मदिनको शुभकामना साथै धन्यबाद ज्ञापन गरेका छन् ।

अक्षय कोषमा रकम जम्मा भएपछि स्व. खड्काको नामबाट पत्रकारिता पुरष्कारको घोषणा गरी वितरण गरिने प्रेस युनियन डोटीका सचिव पवन महाराले जानकारी दिए ।

Related News

उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
  • २०७७ भाद्र २०

दिपायल – खप्तड केबलकार निर्माणका लागि सङ्कलन गरिएको रकमका विषयमा...

TOP