२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

धनगढीमा समुदाय स्तरमा कोरोना परीक्षणको तयारी

धनगढी- पछिल्लो समय धनगढी उपमहानगरपालिकाको समुदायमा कोराना देखिन थालेपछि समुदाय स्तरमा कोरोना परिक्षण गर्ने तयारी थालेको छ ।

धनगढी उप–महानगरपालिकाले भोली देखि एउटा मापदण्ड बनाएर समुदायमा कोरोना परीक्षण गर्ने धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । समुदायमा सबैको कोरोना परीक्षण गर्नु आवश्यक छैन नगरप्रमुख वडले भने, संक्रमितका परिवार, बढी जनसम्पर्कमा रहने ब्यक्तिबाट नमुना छनौट विधीको प्रयोग गरेर छनौटमा परेकाहरुबाट स्वाव संकलन गरिने छ ।

धनगढीमा भोली देखि थप ५ दिन निषेधाज्ञाको समय थप गरी समुदाय स्तरमा कोरोना परीक्षण गरिने छ नगरप्रमुख वडले भने, विस्तारै परीक्षणको दायरा बढाउदै लगिने छ । धनगढीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि स्थानीय संक्रमितको संख्या बढ्दै गएको छ ।

उप–महानगरमा संक्रमण पुष्टि भएका झण्डै २२ प्रतिशत भन्दा बढी संक्रमित स्थानीय रहेका छन् । धनगढीमा स्थानीय संक्रमितको संख्या ५१ पुगेको धनगढी उप–महानगरपालिकाले जनाएको छ ।

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७७ भाद्र १३

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP