२०८२ फाल्गुन २४, आईतवार
March 8, 2026, Sunday

रामारोशन पहिरोः ऋण मिनाहको प्रक्रिया सुरु

धनगढी – एनआरएन लघुवित्त बित्तीय संस्थाले अछामको रामारोशन गाउँपालिकामा पहिरो गएर क्षति पुगेका आफ्ना ऋणिहरुको ९ लाख १२ हजार ३२ रुपैयाँ ऋण मिनाहको प्रक्रिया अघि बढाएको छ।

पहिरोले बस्ती नै बगाएपछि ऋणिहरुको मृत्यु भएको। परियोजनामा समेत क्षति पुगेकोले राहत स्वरुप ऋण मिनाहको प्रक्रिया अघि बढाइको एनआरएन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले बताए।

एनआरएनले रामारोहन गाउपालिकाको वडा नम्बर ५ सैनीबजारका मृत्यु भएका र परियोजना पूर्ण रुपमा नष्ट भएका ऋणिहरुको ७ लाख ६४ हजार १ शय २२ रुपैयाँ र र पुल बजार र मुजा बजारका परियोजना पूर्ण रुपमा नष्ट भएका ऋणिहरुको १ लाख ४८ हजार ३२ रुपैयाँ ऋण मिनाह गर्ने भएको हो।

प्रमुख कार्यकारी अधिकृत शाहले सामाजिक दायित्व अन्तर्गत सदस्य र ऋणिहरुलाई अप्ठेरो परेको बेलामा एनआरएनले सामाजिक उत्तरदायित्व निर्वाह गर्न लागेको बताए।

भदौ ८ गते राति वर्षासँगै पहिरो आउँदा रामारोशन गाउँपालिका वडा नम्बर ५ को सैनी बजार र मुजाबजारका ७ जनाको मृत्यु भएको छ, १० जना अझै बेपत्ता छन्।

एनआरएन लघुवित्तले पहिरोमा परेर ज्यान गुमाएका र क्षति व्यहोरेका सदस्य र ऋणिहरुलाई ३ लाख ४७ हजार रुपैयाँ राहत पनि वितरण गरेको छ।

Related News

डोटीका आलेलाई फापेन कैलाली
डोटीका आलेलाई फापेन कैलाली
  • २०७७ भाद्र १२

धनगढी, फागुन २३ गते । पूर्वमन्त्री प्रेम आले प्रतिनिधि सभा...

TOP