२०७९ माघ १५, आईतवार
January 29, 2023, Sunday

डोटीको पिसिआर मसिन सुचारु

डोटी जिल्ला अस्पतालमा बिग्रिएको पिसिआर मसिन बनेको छ । पिसिआर परीक्षणका लागि काम भईरहेकै बेला शनिबार बेलुकी एक्कासी धुवाँ निस्किएपछि काम ठप्प भएको थियो ।

पिसिआर प्रयोगशालाको बायो सेफ्टी क्याबिनेटमा एक्कासी धुवाँ निस्किएपछि विद्युतीय समस्या भएकाले सबै मसिनहरु बन्द भएको जिल्ला अस्पताल डोटीका नायब सुब्बा लोकेन्द्र बिष्टले बताए । स्थानीय जनशक्तिले पावर सर्किट मर्मत गरेपछि मसिन सुचारु भएको छ ।

कोरोना भाईरस परीक्षणको दायरा बढाउन सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले डोटीमा स्थापना गरेको पिसिआर प्रयोगशालाको यहि भाद्र २ गते सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले उदघाटन गरेका थिए ।

प्रयोगशालामा प्राविधिक समस्या आएपछि यसबीचमा डोटीमा परीक्षण गर्ने गरी संकलन गरिएका अछामका र डोटीका स्वावहरु भने धनगढी पठाइएको थियो ।

Related News

सुदूरपश्चिममा आइत र सोमबार पानी पर्ने सम्भावना
सुदूरपश्चिममा आइत र सोमबार पानी पर्ने सम्भावना
  • २०७७ भाद्र ८

सुदूरपश्चिम प्रदेशमा दुई दिन पानी पर्ने र हिमपातको सम्भावना रहेको...

TOP