२०८३ श्रावण १०, आईतवार
July 26, 2026, Sunday

रेडियो तथा टेलिभिजन विधेयक सच्याउन माग गर्दै सरकारलाई पत्रकार महासंघको ज्ञापन पत्र

डोटी- नेपाल पत्रकार महासंघ डोटीले प्रदेश सरकारले पारित गरेको एफएम रेडियो तथा टेलिभिजन सम्बन्धी विधेयक सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । महासंघले आईतबार जिल्ला प्रशासन कार्यालय मार्फत सुदूरपश्चिम प्रदेश सभाका सभामुखलाई ज्ञापन पत्र बुझाएको हो ।

महासंघका अध्यक्ष योगेन्द्र बलायरद्वारा हस्ताक्षर गरिउको ज्ञापन पत्रमा सुदूरपश्चिम प्रदेश सरकारले नेपालको संविधान २०७२ ले प्रस्तावनामै परिकल्पना गरेको व्यवस्था ‘पूर्ण प्रेस स्वतन्त्रता’ को मर्म, स्वतन्त्र प्रेसको सिद्धान्त र अवधारणाको धज्जी उडाउदै प्रदेश सभाबाट ‘रेडियो, एफएम र टेलिभिजन सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेकोमा आपत्ती जनाएको छ । महासंघले विधेयकमा रहेका केही बुँदाहरु नेपाली पत्रकारिता र लोकतन्त्रका लागि अत्यन्त खतराजनक रहेको जनाएको छ ।

ज्ञापन पत्रमा भनिएको छ,‘विधेयकमा दण्डसजायको अधिकार मन्त्रालयलाई दिईएको व्यवस्था अत्यन्त खेदजनक छ । लोकतन्त्रमा दण्डसजायको अधिकार न्यायालयमा निहित हुन्छ । जुन अभ्यास विगतदेखी नै छ । यस्तोमा बिधेयकले गरेको यो व्यवस्थाले सबै अधिकारहरु आफ्नै हातमा लिएर निरंकुशता लाद्ने किसिमको आशय देखाउछ ।’

संविधानको मूलमर्मविपरितका व्यवस्थाहरु राखेर मर्यादित जनप्रनिधीमूलक संस्था प्रदेश सभाबाट पारित गरिएको विधेयकले लोकतन्त्रमाथि नै प्रश्नचिन्ह खडा गर्ने निश्चित रहेको उल्लेख गर्दै पत्रकार महासंघ डोटी शाखाले विधेयक तत्काल सच्याएर लोकतन्त्रको संरक्षण, सम्बद्र्धन र प्रेस स्वतन्त्रताकोे ज्ञारेन्टी हुनेगरी विधेयक अघि सार्न माग गरेको छ ।

प्रदेश सरकारले प्रतिपक्षी तथा पत्रकारहरुको विरोधका बीच विधेयक पारित गरेपछि पत्रकारका विभिन्न शुभेच्छुक तथा छाता संगठनहरुले बिरोध गर्दै आएका छन् ।

Related News

सुदूरपश्चिममा नयाँ सत्ता समीकरण, मुख्यमन्त्रीमा खगराज भट्टको सम्भावना बलियो
सुदूरपश्चिममा नयाँ सत्ता समीकरण, मुख्यमन्त्रीमा खगराज भट्टको सम्भावना बलियो
  • २०७७ श्रावण ३२

सुदूरपश्चिममा नयाँ सत्ता समीकरण, मुख्यमन्त्रीमा खगराज भट्टको सम्भावना बलियो धनगढी...

TOP