
डोटी । नेपाल पत्रकार महासंघ डोटी शाखाले मिर्गौला पीडित अछामका पत्रकार ध्रुव बिसीको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
मसंघका अध्यक्ष योगेन्द्र बलायरले उपचारका लागि बिसीका बैंक खातामा १० हजार रकम जम्मा गरेको जानकारि दिए ।
पत्रकार ध्रुव बिसीले उच्च रक्तचापका कारण दुबै मिर्गौला फेल भएर काम गर्न छाडेपछि उपचारमा समस्या भएको भन्दै सहयोगको लागी बिभिन्न संघ संस्था तथा व्यक्तिहरुसंग अपील गरेकाछन् ।
बिसी नयाँ पत्रिका, हिमालय टेलिभिजनका अछाम संवाददाता तथा मंगलसेन स्थीत रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक हुन् । उनि बिगत डेढ महिना देखी वीर अस्पताल र भक्तपुरको धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा डायलासिस गराईरहेका छन् ।
धनगढी, फागुन २३ गते । पूर्वमन्त्री प्रेम आले प्रतिनिधि सभा...