२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीनवटा वडा सिल

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीनवटा वडा सिल गरिएको छ । कोरोनाको जोखिमलाई मध्येनजर गर्दै नगरका वडा नं. १२, १३ र १७ नम्वर वडा सिल गरिएको हो ।

भारतबाट आएर होम क्वारेन्टिनमा बसिरहेका एक जनामा संक्रमण देखिएपछि १२ नम्वर वडाले मंगलबार राति १० बजेदेखि वडालाई लकडाउन गर्ने सूचना जारी गरेको छ ।
भीमदत्त नगरपालिका १२ र १३ को सीमानामा स्वाब संकलनपछि ती व्यक्ति घरमा नबसी बजारमा समेत घुमेको, पसलहरुमा गएको पाईएकोले संक्रमण फैलिन नदिन वडालाई सिल गरिएको वडा अध्यक्ष कृष्णसिंह देउपाले जानकारी दिएका छन् ।

यसअघि भीमदत्तका १३ र १७ वडाले पनि जोखिम बढ्दै गईरहेको भन्दै वडालाई सिल गरेका थिए ।

Related News

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
  • २०७७ श्रावण २१

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम,...

TOP