२०८३ कार्तिक ९, आईतवार
October 25, 2026, Sunday

भारतीयले धारचुलाको बाटो हिडडुल गर्न रोक लगाएपछि वडा अध्यक्षले मागे हेलिकप्टर

धनगढी-भारतीय पक्षले नेपालीलाई धारचुलाको बाटो हिडडुल गर्न रोक लगाएपछि ब्यास गाउँपालिकाका वडा अध्यक्षले प्रदेश सरकार समक्ष सहुलियत भाडा प्रायेग गर्न हेलिकप्टर माग गरेका छन्।

छाङरुङ पुगेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहलाई भेटेर वडा अध्यक्ष अशोक बोहराले वारी पारीका नेपाली नागरिकलाई ओहोर दोहोर गर्न हेलिकप्टर उपलब्ध गराइनिदुपर्ने माग राखेका हुन्।

नेपालले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा समेटेर नक्सा प्रकाशित गरेपछि भारतले धार्चुला, गब्र्याङ हुँदै छाङरु–तिङ्कर जाने बाटो प्रयोगमा रोक हुन सक्ने अनुमान गरिएको छ।

दार्चुलाको ब्याँस गाउँपालिका–१ का स्थानीयले प्रयोग गर्दै आइरहेको बाटो प्रवेशमा रोक लगाए पछि आवत जावतमा समस्या भएको बताउँदै वडाध्यक्ष अशोक बोहराले ओहोर दोहोरका लागि हेलिकोप्टर माग गरिएको बताए। उनका अनुसार भारतले कालापानी सीमा विवादका कारण बाटो प्रयोगमा रोग लगाएको हो।

भारतले बाटो प्रयोगमा अवरोध गरेपछि छाङरु र तिंकरवासीलाई ओहोर दोहोर गर्न सहुलियत भाडामा हेलिकप्टर माग गरिएको वडाध्यक्ष बोहराले बताए। उनले बिहिबार छाङ्गरु पुगेको आन्तरिक मामला तथा कानुनमन्त्री प्रकाश शाहलाई ज्ञापनपत्र बुझाउँदै हेलिकप्टर माग गरेका हुन्।

बाटो बन्द भएपछि त्यस क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी समेतलाई ओहोरदोहोरा समस्या भएको वडाअध्य बोहराले ज्ञापनपत्रमा उल्लेख गरेका छन्।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०७७ श्रावण १०

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP