२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

सायलमा पहिरो : आठ परिवार विस्थापित, गाउँ जोखिममा

डोटी- पहिरोका कारण सायल गाउँपालिका वडा नं. २ सिर्माका आठ परिवार विस्थापित भएका छन् । शनिबार राती देखि आएको भारी वर्षाका कारण आइतबार बिहान वर्षासँगै गाउँमाथीबाट पहिरो आएपछि आठ परिवारका ४० जना विस्थापित भएका हुन् ।

विस्थापित परिवारका सदस्य छाना तथा आफन्तको घरमा बसेकाछन् । गाउँमाथिबाट जमिन नै दर्केर आएपछि पहिरोमा च्यापिने डरले उनिहरुले घर नै छाडेको काँग्रेस नेता धर्मराज जोशीले जानकारी दिए । जोशीले स्थानीय सरकारले विस्थापित परिवार तथा जोखिममा रहेका अन्यको समयमै व्यवस्थापन गर्नुपर्ने बताए ।

राती देखि आएको अविरल बर्षाले घर नै पुर्ने डरले आफुहरु चौपाया, खाद्यान्न सरसामान छाडेर आफन्तको घरमा सरेको पहिरो पीडित नर बहादुर ओलीले बताए । गाउँमाथिको जमिन फाटेका कारण सिर्मा गाउँका ६० भन्दा बढी घरपरिवार पहिरोको उच्च जोखिममा रहेको उनले बताए ।

सायल गाउँपालिकामा स्थानियले वर्षेनी बाढी पहिरोका कारण ज्यान गुमाउने गरेका छन् ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ असार २१

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP