२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

बझाङ पहिरो : १७ घर पुरिए, ४ जनाको मृत्यु, ६ जना बेपत्ता

बझाङ – बझाङको केदारस्यु गाउँपालिका–८ मेल्लेखीमा शुक्रबार राति गएको पहिरोका कारण १७ घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता रहेकाछन् ।

गाउँपालिकाका अध्यक्ष इन्द्र भण्डारीले हालसम्म घटना स्थलमा चार जनाको शव भेटिएकोे बताए । उनले पहिरोमा पुरिएको र अझै ६ जना बेपत्ता रहेको जानकारी दिए ।

वडा अध्यक्ष गणेशबहादुर बोहोराका अनुसार ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा, ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको शव फेला परेको हो ।
रातिको समयमा सवै जना घर भित्रै हुने हुँदा क्षति बढी भएको हुन सक्ने बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ असार २०

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP