
डोटी- शिखर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई साहयता सामग्री वितरण गरेको छ । नगरका ९१ जना व्यक्तिलाई ह्वील चियर, बैशाखी, सेतो छडी, एल्वो लगायतका साहयता सामग्री वितरण गरेको हो ।
अपाङ्गता भएका व्यक्तिलाई हिडडुल गर्न, दैनिकि चलाउन सहज होस् भनेर उक्त सामग्री वितरण गरेको नगर प्रमुख सिताराम जोशीले बताए । नगरमा अन्य नागरिकहरु सरह नै अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार छ,‘नगर प्रमुख जोशीले भने, उनिहरु मनोभाव र आवस्यकतालाई महशुस गरेर साहयता सामग्रीको व्यवस्था गरेका छौं । नगरले अपाङ्गता भएका व्यक्तिहरुलाई अन्य नगरबासी सरह नै समान व्यवहार गर्दै आएको छ । उनिहरुलाई विशेष प्राथमिकतामा राखेर नगरले कार्य गर्दै आएको छ ।’
नगरले आफुहरुलाई साहयता सामग्री उपलब्ध गराउँदा ठुलो राहत महशुस भएको नगर अपाङ्ग सञ्जालका अध्यक्ष कांशी नाथ जोशीले बताए । आफुहरुलाई जहिलै अरुहरुको साहरा चाहिने बताउँदै उनले नगरपालिकाबाट अपाङ्गता भएका सबै व्यक्तिलाई साहरा प्राप्त भएको बताए ।
दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...