डोटी- शिखर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई साहयता सामग्री वितरण गरेको छ । नगरका ९१ जना व्यक्तिलाई ह्वील चियर, बैशाखी, सेतो छडी, एल्वो लगायतका साहयता सामग्री वितरण गरेको हो ।
अपाङ्गता भएका व्यक्तिलाई हिडडुल गर्न, दैनिकि चलाउन सहज होस् भनेर उक्त सामग्री वितरण गरेको नगर प्रमुख सिताराम जोशीले बताए । नगरमा अन्य नागरिकहरु सरह नै अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार छ,‘नगर प्रमुख जोशीले भने, उनिहरु मनोभाव र आवस्यकतालाई महशुस गरेर साहयता सामग्रीको व्यवस्था गरेका छौं । नगरले अपाङ्गता भएका व्यक्तिहरुलाई अन्य नगरबासी सरह नै समान व्यवहार गर्दै आएको छ । उनिहरुलाई विशेष प्राथमिकतामा राखेर नगरले कार्य गर्दै आएको छ ।’
नगरले आफुहरुलाई साहयता सामग्री उपलब्ध गराउँदा ठुलो राहत महशुस भएको नगर अपाङ्ग सञ्जालका अध्यक्ष कांशी नाथ जोशीले बताए । आफुहरुलाई जहिलै अरुहरुको साहरा चाहिने बताउँदै उनले नगरपालिकाबाट अपाङ्गता भएका सबै व्यक्तिलाई साहरा प्राप्त भएको बताए ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...