२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

डोटीमा कार्यरत इन्सपेक्टर र वनका अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

धनगढी : डोटीमा कार्यरत प्रहरी निरिक्षक सहितका दुईजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक नृपबहादुर बोहरा सहितका दुईजना विरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको हो।

बोहराले अवैध काठ तस्करीमा भ्रष्टाचार गरेको दावी अख्तियारको छ। केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउद र प्रहरी निरिक्षक बोहरालाई भ्रष्टाचार निवारण ऐन अनुसार कारवाही गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोईरालाले जानकारी दिए।

उनीहरुबाट ६१ हजार २० रुपैँया बिगो माग दावी पनि गरिएको छ। 

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ असार ७

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP