बैतडी– नयाँ युवा नयाँ सोच नेपाल, बैतडीको अध्यक्षमा खेमराज अवस्थी चयन भएका छन् । अवस्थीको अध्यक्षतामा आईतबार १५ सदस्यीय शाखा गठन भएको कैलाली शाखा उपाध्यक्ष पृन्शका सिहंले जानकारी दिइन् ।
शाखाको उपाध्यक्षमा निर्मला टेर, सचिवमा नरेश तिवारी, सह–सचिवमा निशा भट्ट, कोषाध्यक्षमा ज्योतिशा चन्द चयन भएका छन् । सदस्यमा डि.आर भट्ट, दिपेश सिंह धामी, ललिता जोशी, उत्तम चन्द, जानुका भट्टराई र सुरेश भट्ट गरि ११ जनाको कार्यसमिति गठन भएको छ । त्यस्तै साधारण सदस्यमा दिपेन्द्र भट्ट, करन लावड, दिपक ठगुन्ना र टेकेन्द्र धामी चयन भएका छन् ।
परिवर्तित युवा, परिवर्तित सोच, परिवर्तित राष्ट्र भन्ने नाराका साथ २०७४ सालमा स्थापित भएको संस्था हो । यसले संसदीय बहस, अन्तक्रिया, अन्तबार्ता जस्ता बहसमुलक कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । सुदूरपश्चि तथा अन्य प्रदेशका जिल्लाहरुमा समेत शाखा विस्तार गरिने संस्थाले जनाएको छ ।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...