२०८३ आश्विन २४, शनिबार
October 10, 2026, Saturday

स्वाब पठाएको १८ दिनपछि नतिजा पोजेटिभ, बडीकेदारका संक्रमित सबै घरघरमा

चक्र मल्ल

बडीकेदार- डोटीको बडीकेदार गाउँपालिकामा पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको वडा नम्वर-२ का एकजना पुरुष र वडा नम्बर ५ का तीनजनामा कोरोनाको पुष्टि भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा चार जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

गत जेठ २० गते स्वाब संकलन गरेर पठाएका बडिकेदार गाउँपालिकाका ३८ जना मध्ये ३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ, भने चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनिहरु सबैलाई क्वारेन्टाइनबाट घर पठाइसकेकोले गाउँमा त्रास उत्पन भएको छ ।

Related News

डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
  • २०७७ असार ६

दिपायल – नेपाली कांग्रेस डोटीको बिपी र सिद्धराज स्मृति भवनको...

TOP