२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

डोटीका एसपी देउवा सहित सुदूरपश्चिमका तीन जना एसपी सरुवा

सुदूरपश्चिममा कार्यरत तीन जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत प्रहरी उपरीक्षक दिलिपसिंह देउवाको सुदूरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी गण महेन्द्रनगरमा सरुवा भएको छ ।

सुदूरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी गण महेन्द्रनगरमा कार्यरत प्रहरी उपरिक्षक जनकराज पाण्डेयको जिल्ला प्रहरी कार्यालय डोटीमामा सरुवा भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत टिका बहादुर केसीको जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सरुवा भएको छ भने उनको स्थानमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट दिल्लीराज पन्तको सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा सरुवा भएको छ ।

सुदूरपश्चिमका तीन जना सहित देशभर नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०७७ असार २

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP