२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

बडीकेदारमा मिनिट्रक दुर्गघटना : दुई जनाको मृत्यु

चक्र मल्ल

डोटी- बडिकेदार गाउँपालिकामा मिनिट्रक दुर्गघटना हुँदा दुई जनाको मृत्यु भएको छ । गाउँपालिको वडा नं. ३ सुनालेकमा से १ ख १२६२ नम्बरको मिनिट्रक दुर्गघटनामा परि सोही ठाउँका बुवा छोराको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४० बर्षीय डबल पुन मगर र उनका १३ बर्षीय छोरा धिरज रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । ट्रक चालक श्यामलाल चौधरी फरार रहेकाछन् ।

घागलबाट धनगढी जादै गरेको उक्त मिनिट्रक सोमबार पौने तीन बजे सुनालेक नजिक दुर्घटना भएको हो । पानि परेर बाटो चिप्लो भएका कारण गाडी दुर्घटना हुँदा ट्रक सडकबाट एक सय मिटर तल खसेको छ ।

ट्रकमा सवार अन्य हाम फालेर बाच्न सफल भएका छन् ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ असार १

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP