२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

बाजुराको क्वारेण्टाइनमा एक जनाको मृत्यु : कोरोना परिक्षणका लागि स्वाब संकलन गरिने

बाजुरा-बाजुराको क्वारेण्टाइनमा एक जनाको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ मा रहेको क्वारेन्टिनमा रहेका ६५ बर्षिय पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुष जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । शुक्रबार राती राती एकाएक बिरामी भएर मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले बताए । गाउँमै रहेको मष्टा आधारभुत बिद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाअध्यक्ष रावतले जानकारी दिए ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी गैरेले बताएका छन् ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ जेष्ठ २४

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP