२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

डोटीमा रासनसंगै लुकाएर लैजादै गरेको १४७ पेटी मदिरा बरामद

डोटी- लकडाउनको बेला ओसारपसार गरिरहेको अवस्थामा तीनलाखभन्दा बढी मुल्यको मदिरा प्रहरीले बरामद गरेको छ । सिलगढीबाट पुर्वीचौकी गाउँपालिका–२ वगलेग तर्फ लैजादै गरेको एक सय ४७ पेटी मदिरा सोमबार जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले बरामद गरेको हो ।

उक्त मदिरा बगलेगका व्यवसायी झनक ठकुल्लाको रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए । उनका अनुसार पुकार ओरेन्ज नामक सौँफी ४४ पेटी, किसमिस नामक सौँफी ८७ पेटी, स्वीफ्ट नामक मदिरा छ पेटी र रियल गोल्ड ५०० नामक स्ट्रोङ्ग वियर १० पेटी प्रहरीले बरामद गरेको छ ।

सो मदिरा पुर्वीचौकी गाउँपालिका–२ वगलेगकै धनबहादुर ओलीको से १ प १०३१ नम्बरको ट्याक्टरमा ढुवानी भईरहेको अवस्थामा प्रहरीले समातेको छ । चामल, चिनी र गहुँसंगै ट्याक्टरमा लुकाएर लैजादै गरेको सूचनाका आधारमा प्रहरीले सिलगढीदेखी बगलेग जानेबाटोमा पुगेर ट्याक्टरमा खानतलासी गर्दा मदिरा भेटिएको हो ।

बरामद भएको सामाग्री सिलगढीस्थित आफ्नै गोदामबाट लगेको व्यवसायी ठकुल्लाले बताएको प्रहरी निरीक्षक बोहराले बताए । उनले सो मदिराको खुद्रा मुल्य करिब तीनलाख हुनआउने जानकारी दिए ।

व्यवसायी ठकुल्लासंग लाईसेन्स भए÷नभएको नखुलेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । ‘जे भएनी लकडाउनको बेला मदिरा ओसारपसारमा रोक लगाईएको अवस्थामा ढुवानी भईरहेको भेटिएको छ,’ प्रहरी निरीक्षक बोहराले भने,‘थप अनुसन्धान सहित कानुनी प्रकृयाअनुसार कारबाही अगाडी बढाउछौ ।’

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ जेष्ठ १९

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP