२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

क्वारेन्टाइनबाट भागेका युवामाथि ढुंगामुढा प्रहार

बाजुरा – क्वारेन्टाईबाट भागेका युवकलाई स्थानीयले ढुङ्गामुढा गरि गाउँ प्रवेशमा रोक लगाएका छन्।

जिल्लाको खप्तडछेडेदह गाँउपालिका वडा नम्बर २ मालिका मावीको क्वारेन्टाईनबाट भागेका २५ वर्षीय युवकमाथि स्थानीय ढुङ्गामुढा प्रहार गरी गाउँ पस्न नदिएका हुन।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नाायब उपरिक्षक टंकप्रसाद भट्टराईले ती युवकलाई स्थानीयले ढुङ्गामुढा प्रहार गरी गाउँ प्रवेश गर्न नदिएको बताए।उनी बुधवार भारतबाट आएर क्वारेनटाइनमा बसेका थिए।

क्वारेन्टाईबाट भागेर गाउँ फर्किएका उनलाई प्रवेश गर्न नदिएपछि फेरी क्वारेन्टाइनमै फर्काईएको छ।

गाँउलेको ढुङगामुढा प्रहारबाट उनको टाँउकोमा चोट लागेको छ।उनलाई जयबोश्वरी स्वास्थ्य चौकीमा उपचार पछि क्वारेन्टाईन फर्काइएको छ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ जेष्ठ १७

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP