कैलाली- चिनियाँ नागरिकले प्रहरी माथी हातपात गरेको बिरोधमा युवाहरुले प्रदर्शन गरेका छन् । धनकाढीका युवाहरुले नेपाल प्रहरी माथी हातपात गर्ने चिनियाँ नागरिकलाई कार्बाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

धनगढीको पिपल चौतारा धनगढी एलएन चौक हुदै पार्क मोड सम्म बिरोध ¥याली निकाली बजार परिक्रमा गरिएको थियो । बिधेशी हस्तक्षेप रोक्नु पर्ने र हातपात गर्नेलाई काबार्ही गर्नु पर्ने माग राख्दै बिरोध प्रदर्शन गरिएको धनगढीका युवा योगेश भण्डारीले जानाकारी दिए ।
चिनियाँ नागरिकहरु शुक्रबार निषेधित क्षेत्रमा धर्ना बसेपछि प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि हातपातसँगै अभद्र व्यवहार गरेको थियो । नेपाली प्रहरीलाई कुट्ने बिदेशीहरुलाई बिदेशी आतंककारी घोषित गर, प्रहरी जवानको स्वाभीमान बचाउ, नेपाली जनताको सुरक्षा गर भन्र्दै प्ले कार्ड सहित धनगढीका युवाहरुले बिरोध ¥याली निकालेका थिए ।
बिदेशी नागरिकले प्रहरीमाथी आक्रमण गर्दा समेत सरकार लाचार भएको भन्दै सरकारको राज्य ब्यवस्था चलाउने शैली र नेपाली जनताको सुरक्षाको विषयमा ठुलो थप्पड प्रहार भएकाले बिरोधमा उत्रेको भण्डारीले बताए ।
कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...