धनगढी- क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) ले १ थान कटुवा पेस्तोल सहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १२ का अबिनाश थापा (२१), सोही ठाउँमा नब्बु भनेर चिनिने नवराज बराइली (२०) र बिनोद कुंवर रहेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले जानकारी दिए ।
उनले आरआइटीका प्रहरी नायब निरीक्षक केशव जोशी नेतृत्वको समुहले धनगढी उपमहानगरपालिका ७ जाखोरताल वनक्षेत्रमा लुकाइछिपाइ राखेको अवस्थामा कटुवा पेस्तोन १ थान र सोमा लाग्ने गोलि १ थान फेला पारेको बताए । पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको डिआइजी सुबेदिले जानकारी दिए ।
धनगढी, फागुन २३ गते । पूर्वमन्त्री प्रेम आले प्रतिनिधि सभा...