२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो भवन जलमग्न भएको छ ।

आज बिहान परेको पानीका कारण अस्पताल जलमग्न भएको हो । अस्पतालको गाइने वार्ड, लेबर वार्ड, कर्मचारी बस्ने कोठासहित ग्यालरीलगायत अन्य वार्डमा पानी भरिएको छ । एक घण्टासम्म पानी पर्दा अस्पतालको धेरैजसो वार्डमा पानी भरिएको त्यहाँ कार्यरत एक जना स्टाफ नर्स नाम बताउन नचाहेको ले बताए ।

अस्पतालको वार्डमा बिहानै पानी भरिएपछि बिरामीहरूलाई सास्ती भएको छ । नवजात शिशुसहित सुत्केरी राखिएका गाइने वार्डमा घुँडासम्म पानी पुगेपछि समस्या भएको कञ्चनपुरको बेलौरी नगरपालिकाका उमेश डंगौराले बताए ।

ग्यालरी र झ्यालबाट वर्षाको पानी छिरेर कोठामा आएको बिरामीका कुरुवाहरूले बताएका छन् । यसै गरी, केही कोठामा माथिबाट पानी चुहिएको जनाइएको छ । यसै गरी, वर्षाको कारण धनगढीको प्रदेश सभा भवन र सो आसपासका क्षेत्रसहित केही ठाउँमा डुबान भएको छ । वर्षाको पानी घरमा समेत पसेको छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० आश्विन ८

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP