२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

डडेल्धुरा-डोटी जोड्ने सडक दैनिक ४ घण्टा अवरुद्ध हुने

डडेल्धुरा – केआइसिंह राजमार्ग दैनिक ४ घण्टा अवरुद्ध हुने भएको छ।

डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने राजमार्गको रडुवास्थित पहिरो रोकथाम तथा सडक स्तरोन्नतिको कार्य सञ्चालन हुने हुँदा एक हप्ता दैनिक ४ घण्टा सडक अवरुद्ध हुने भएको छ।

सडक डिभिजन कार्यालय कुलपाते डोटीका अनुसार यही जेठ ३० गतेदेखि असार ४ गतेसम्म बिहानको ११ बजेदेखि दिउँसोको ३ बजेसम्म सडक पूर्णरूपमा अवरुद्ध हुनेछ। सडक डिभिजन कुलपातेले सडक अवरुद्ध भएको बेला वैकल्पिक बाटोको प्रयोग गर्न यात्रुलाई अनुरोध गरेको छ।

२०७८ कार्तिक महिनामा परेको अविरल वर्षाका कारण पहिरो खस्दा रडुवामा सडक भासिएको थियो। सडक भासिँदा एक साता अवरुद्ध भएको राजमार्ग त्यसयता पटक-पटक पहिरो खस्दा अवरुद्ध हुँदै आएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० जेष्ठ ३०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP