२०८१ बैशाख २१, शुक्रबार
May 3, 2024, Friday

दार्चुलाको शैल्यशिखर नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ । नगरपालिकाले कृषि औजार खरिदमा १ करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा उजुरी परेको हो ।

कृषि औजार खरिद कार्यक्रम अन्तरगत नगरपालिकाका मेयर विजयसिंह धामीको ठाडो निर्देशनमा टेण्डर नगरी १ करोड हिनामिना गरेको भन्दै उजुरी परेको पाइएको छ । कार्यक्रम निर्देशिका बमोजिम कार्यक्रम नगरेरै रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले नगरपालिकासँग थप कागजात माग गरेको छ ।

कृषि औजार खरिद प्रक्रियासँग सम्बन्धित स्पेसिफिकेसन लागत अनुमान, सिलबन्दी दरभाउ, कोटेसन दाखिला प्रतिवेदन र किसानहरुलाई वितरण गरेको भरपाईहरु पठाउन पनि अख्तियारले भनेको छ ।

‘सम्बन्धित कागजातहरुको प्रमाणित प्रतिलिपिहरु स्पष्ट राय, प्रतिकृयासहित पत्र प्राप्त भएको मितिले १५ दिनभित्र कार्यालयमा आइपुग्ने गरी पठाउन’ अख्तियारले नगरपालिकासँग भनेको छ । यस्तै शैल्यशिखर नगरपालिका—९ स्थित गोकुलेश्वर माविको एक करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको भवनको गुरुयोजना, लागत अनुमान, कार्य सम्पन्न भएको नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, निर्माण सम्पन्न भएको भनी विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय, भौचर, बिल भर्पाइलगायत पनि दिन अख्तियारले नगरपालिकालाई पत्राचार गरेको छ।

यस्तै शैल्यशिखर नगरपालिका—३ स्थित लटिनाथ मावि दर्माको ३८ लाख २९ हजार रुपैयाँ लागतको भवन निमार्ण कार्यक्रमको सम्झौता, लागत अनुमान, नापी किताबलगायत पनि पठाउन अख्तियारले पत्राचार गरेको छ । यसैगरी २०७९ वैशाख देखि ०७९ असार मसान्तसम्म नियुक्त भएका करार कर्मचारी तथा ज्यालादारीबारे सम्बन्धी सम्पूर्ण कागजपत्र पनि पठाउन भनेको छ ।

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
  • २०७९ चैत्र २३

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP