
बैतडी – मैलौली नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइईको परिक्षा अवधिभर मदिरा बिक्रीमा रोक लगाएको छ। नगरभित्र एसईई अवधिभर मदिरा बिक्री र सेवनमा रोक लगाइएको हो।
नगरभित्र रहेका तीनवटै परिक्षाकेन्द्र आसपास तथा परीक्षासँग सम्बन्धित व्यक्ति बास बसेको ठाउँ नजिक मदिरा बिक्री वितरणमा रोक लगाइएको हो।
मेलौलीमा मणिलेक माध्यमिक विद्यालय काँडा, दुर्गा माध्यमिक विद्यालय खलिगाड र विजयपुर माध्यमिक विद्यालय तिताबै गरी तीन परीक्षा केन्द्र तोकिएको छ। परीक्षार्थीलाई परीक्षाको बेला मदिरा सेवनले बाधा पुग्न सक्ने भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो।
परीक्षाअवधिभर मदिरा बिक्रि वितरण र सेवन गरेको पाए प्रचलित कानुन बमोजिम कारबाही गर्ने पनि जनाइएको छ। यसैगरि पालिकाले परीक्षा सञ्चालन अवधिभर तोकिएको दररेटभन्दा बढी मूल्यमा उपभोग्य सामान बिक्री नगर्न पनि अनुरोध गरेको छ।
काठमाडौं – सरकार र राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष...