२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

खैरोहिरोईनसहित दुई जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा लागुऔषध खैरोहिरोईनसहित २ जना पक्राउ परेका छन्।

ईलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटीएको प्रहरी टोली र अस्थाई प्रहरी पोष्ट बन्साहाबाट खटीएको संयुक्त प्रहरी गस्ति टोलीले लागुऔषधखैरो हिरोईनसहित २ जनालाई पक्राउ गरेको हो।

म.२.प.२९७८ नम्बरको बजाज कम्पनीको पल्सर मोटरसाईकल चालक कञ्चनपुर भिमदत्त १८ का तपेन्द्र चौधरी र मोटरसाईकल पछाडी सवार भिमदत्त ८ भाँसीका सुमित चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। कञ्चनपुर शुक्लाफाँटा नगरपालीका १२ कालागौडी स्थित बेलौरीबाट कलुवापुर तर्फ आउँदै गर्दा शंका लागि चेकजाँच गर्दा तपेन्द्र चौधरीको ट्रेकसुटको दायाँ गोजीभित्र कालो प्लाष्टिकको थैलीमा ८ दशमलब ५१० ग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको हो।

यस्तै उनीहरुको साथबाट प्रेगा लेखिएका १६ गोठी, एन्टीकोफ औषधी १८ गोठी,स्यामसुम कम्पनीको ग्यालेक्सी मोबाईल थान १, स्यामसुम कम्पनी एमओटुएस मोबाईल थान १ र नोकिया कम्पनीको सादा मोबाईल थान १ गरी जम्मा ३ थान मोबाईल बरामद गरीएको बताइएको छ। उनीहरुलाई लागुऔषधसहित पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ चैत्र १५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP