२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

दिपायल – बाघको आक्रमणबाट कञ्चनपुरस्थित पुनर्वासकी एक महिलाको मृत्यु भएको छ।

नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेसनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।

शुक्रबार बिहान दुधुवा नेसनल पार्कमा सार्कीलाई बाघले आक्रमण गरेको हो। पुनर्वास नगरपालिका–१० मदनटोलकी सार्की मेलापातका लागि स्थानीयसँग त्यहाँ गएकी थिइन्।

त्यही बेला उनलाई बाघले आक्रमण गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।

अहिले भारतीय सुरक्षाकर्मीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सबडिभिजन वन कार्यालय पचगडियाका प्रतिनिधि घटनास्थल पुगेका छन्।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ चैत्र १०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP