२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

सुदूरपश्चिम सरकारको हचुवा निर्णय चार दिनमै उल्टियो

कैलाली– सुदूरपश्चिमका सामाजिका विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षमा बैशाख १ गते बसेको बैठकले गरेको निर्णय स्वास्थ्य निर्देशनालय डोटीले उल्ट्याएको छ। 

मन्त्री सुवेदीको अध्यक्षतामा १ बैशाखमा  बसेको बैठकले २ गतेदेखि सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा बन्द गर्दै निजि अस्पताल नवजीवनमा सारेको थियो । तर उक्त निर्णय गरेको ३ दिन पनि नपुग्दै स्वास्थ्य निर्देशनालय डोटीले उल्टाईदिएको हो।

उता नवजीवन अस्पतालले हिजो नै सामाजिक बिकास मन्त्रालयलाई पत्र लेख्दै अस्पतालमा भौतिक संरचनाको कमि र प्रयाप्त स्वास्थ्यकर्मीको समेत अभाव रहेको भन्दै पत्र पठाएको थियो । उक्त पत्रबारे मन्त्रालय भने जानकारी नै नदिइ गोप्य राखेको थियो । 

मन्त्री सुवेदीको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारले सेतीलाई कोरोना विशेष अस्पताल बनाएको र प्रसुती वार्डमा संक्रमितको उपचारका लाथि थप शैया आवश्यक परेका कारण सेती अस्पतालमा रहेको प्रसुती सेवा बन्द गर्न निर्देशन दिएको थियो। 

तर आज मात्रै स्वास्थ्य निर्देशनालयले सेती प्रादेशिक अस्पताललाई पत्र पठाउँदै प्रसुती सेवा पुन: सुचारु गर्न निर्देशन दिएपछि आजदेखि सेवा सुचारु गरिएको सेती प्रादेशिक अस्पतालले सूचना जारी गर्दै जनाएको छ ।

सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले निर्देशनालयको निर्देशनपछि सेवा सुचारु गरिएको बताए।

उनले कोरोना संक्रमितको बिरामी उपचाररत क्षेत्र र प्रसुती वार्डमा जाने बाटो छुट्टाछुट्टै बनाईएको र सतर्कता अपनाउँदै प्रसुती सेवा सुचारु गर्न निर्देशन दिएपछि सोही अनुरुप गर्दै आजैदेखि सेवा सुचारु गरेको बताए ।
 

Related News

छ वर्ष बित्दा पनि सम्पन्न भएन कञ्चनपुर–कमला चार लेन सडक, फेरि थपियो ६ महिनाको म्याद
छ वर्ष बित्दा पनि सम्पन्न भएन कञ्चनपुर–कमला चार लेन सडक, फेरि थपियो ६ महिनाको म्याद
  • २०७७ बैशाख ५

छ वर्ष बित्दा पनि सम्पन्न भएन कञ्चनपुर–कमला चार लेन सडक,...

TOP