२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

प्रदेश सांसद बमद्वारा स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री प्रदान

कैलाली- सुदूरपश्चिम प्रदेशसभा लेखा समिति सभापति एबं सांसद नन्दाकुमारी बमले कोरोना भाईरसको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षाका लागी आवश्यक पर्ने समाग्री सहयोग गरेकी छन् ।

सांसद बमले जिल्ला अस्पताल बैतडी, दार्चुला र गोकुलेश्वरका अस्पताललाई स्वास्थ्य समाग्री सहयोग गरेकी हुन् । उनले स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पीपीई सेट, मास्क र सेनीटाईजर सहयोग गरेकी छन् साथै स्थलगत रुपमा पुगेर तीनवटै अस्पतालको वस्तुस्थितीका बारेमा समेत जानकारी लिएको सभापति बमले बताईन् ।

अस्पतालको जानकारी लिनेक्रममा स्वास्थ्यकर्मीहरुलाई काम गर्न साह्रै कठिनाई भईरहेको माननिय बमले जानकारी दिईन । सुरक्षाका लागी सामाग्री प्रयाप्त मात्रामा नहुँदा स्वास्थ्यकर्मीहरु चिन्तित समेत रहेको उनले बताईन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७६ चैत्र २९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP