२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

विपन्नलाई प्रतिपरिवार तीन हजार दिने सुदूरपश्चिम सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले विपन्न परिवारलाई तीन/तीन हजार रुपैयाँका दरले राहत दिने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले अति विपन्न, असहाय तथा ज्यादारी गरिखाने मजदुरका परिवारका लागि राहत प्याकेज ल्याएको छ।

प्रदेशको आज बसेको मन्त्रीपरिषद्को बैठकले अति विपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारलाई तीन हजारका दरले राहत वितरण गर्न १६ करोड बजेट छुट्याएको हो।

सरकारका प्रवक्ता एवंम आन्तरिक मामिला ता कानून मन्त्री प्रकाशबहादुर शाहले मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

 यस्तै बैठकले कोरोना भाईरस (कोभिड–१९) को राहत कोष सञ्चालन तथा वितरण मापदण्ड स्वीकृत गर्नुका साथै प्रदेशमा फाल्गुन मसान्त भित्र बुझाउनुपर्ने कर शुल्क र दस्तुरको अवधी बैशाख सम्म गर्ने निर्णय पनि गरेको प्रवक्ता शाहले बताए। 

सुदूरपश्चिम प्रदेश सरकारले विपन्न परिवारलाई तीन/तीन हजार रुपैयाँका दरले राहत दिने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विपन्न परिवारको लगत संकलन गरेर उक्त राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता शाहले स्थानीय तहमार्फत् राहत दिइने बताएका छन् ।

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७६ चैत्र २७

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP