२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023, Friday

स्वाब संकलनका लागि सेनाको टोली डोटी आउँने : क्वारेण्टाइनको अबधि एकहप्ता थपियो

डोटी- भारत तथा अन्य मुलुकबाट गृहजिल्ला आएर क्वारेण्टाइनमा बसेकाहरुको स्वाब संकलनका लागि डाक्टर सहित नेपाली सेनाको घुम्ती टोली डोटी आउँने भएको छ । संघ सरकारले उक्त टोलिलाई एक दिनका लागि डोटी पठाउँने निर्णय गरेको हो ।

टोलीले डोटीका बिभिन्न ठाउँहरुमा पुगेर क्वारेण्टाइनमा बसेकाहरुको स्वाब संकलन गरि परिक्षणका लागि लग्ने प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताए । स्वाब परिक्षणका लागि हेलिकप्टरबाट आउँने उक्त टोलीलाई जिल्लाका पाँच ठाउँमा स्वाब संकलनका लागि लग्ने तयारी भएको छ । तर टोलिले तिन ठाउँमा मात्रै स्वाब परिक्षण केन्द्र तोकी क्वारेण्टाइनमा भएका सबैलाई त्यहिँ ल्याउँन भनेको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार सेनाको उक्त टोली चैत्र २५ गते एक दिनका लागि मात्रै डोटी आउँने छ । टोलीले एक दिनमा दुई सय जनाको मात्रै स्वाब संकलन गर्न सकिने बताएको छ । डोटीमा हाल लकडाउन पछि आएका ३ सय ५ जना र सो भन्दा अघि आएका ३१ जना गरी जम्मा ३ सय ३६ जना क्वारेण्टाइनमा राखिएको छ ।

अहिलेका लागि जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच ठाउँमा स्वाब संकल केन्द्र राख्ने तयारी गरेको छ । के.आइ.सिंह गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका लागि राजुर, बोगटान फुडसिल गाउँपालीकाका लागि खत्याडी, जोरायल र बडिकेदार गाउँपालिकाका लागि बिपि नगर, आदर्श र सायल गाउँपालिकाका लागि मौवा र शिखर नगरपालिकाका लागि धुरकोटमा स्वाब परिक्षण केन्द्र तोकिएको छ ।

क्वारेण्टाइनको अबधि एकहप्ता थपियो

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको संवेदनशिलता लाई मध्यनजर गर्दै क्वारेण्टाइनको समयाबधि थपेको छ ।

यस अघि भारत लगायत अन्य मुलुकबाट आएकाहरुलाई १४ दिनका लागि क्वारेण्टाइनमा राखिएको थियो । यो अबधि सरकारको निर्णय अनुसार एकहप्ता थपिएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले क्वारेण्टाईनमा राखिएकाहरुलाई थप एक हप्ता गरि १४ दिन अनिवार्य क्वारेण्टाइनमा राख्न सम्बन्धित पालिकाहरुलाई पत्राचार गरिसकेको बताए ।

कैलालीमा देखिएका कोरोना संक्रमणहरुमा छोटो अबधिमा खासै लक्षण नदेखिएको भन्दै २१ दिन क्वारेण्टाइनमा राख्ने तयारी भएको हो । प्रदेश सरकारका मुख्यमन्त्री त्रीलोचन भट्टले पनि प्रदेश बासिलाई सम्बोधन गर्दै क्वारेण्टाइन अबधि थपिने बताएका थिए ।

Related News

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
  • २०७६ चैत्र २३

काठमाडौं – नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा...

TOP