२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

आफूखुसी सहायता संकलन तथा वितरण गरे कारवाही हुने

डोटी – जिल्ला प्रशासन कार्यालय डोटीले आफूखुसी सहायता संकल तथा वितरण नगर्न नगराउन अनुरोध गरेको छ । प्रशासनले आईतबार एक सूचना प्रकासन गर्दै कुनै पनि व्यक्ति, संघ संस्था वा समुहले आफूखुसी सहायता संकलन तथा विरण गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलद्वारा हस्ताक्षरित सूचनामा मुलुक कोरोना भाइरसका कारण लकडाउनको कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै यस अवधिमा जिल्ला भित्र केही ब्यक्ति, संघ, संस्था रसमुहले आफूखुसी चन्दा उठाउने र वितरण गर्ने गरेको गुनासो आएको बताइएको छ । सूचनामा नेपाल सरकार गृहमन्त्रालयको मिति २०७६ चैत्र १६ गते प्रकाशित प्रेस बिज्ञप्तीमा सहायतको नाममा कसैले चन्दा उठाउने र आफूखुसी वितरण गर्न नपाउँने उल्लेख भएको स्मरण गराउँदै त्यस्तो कार्य नगर्न नगराउँन उल्लेख गरिएको छ ।

प्रशासनले सहायता उपलब्ध गराउनु नै पर्ने भए कानुन बमोजिम जिल्ला विपद् व्यवस्थापन समिति, सम्बन्धित नगरपालिका र गाउँपालिका मार्फत एकद्वार प्रणाली अवलम्वन गरी सहायता उपलब्ध गराउँन सकिने जनाएको छ ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७६ चैत्र २३

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP