२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

सीमामा रोकिएका नेपालीबारे सर्वोच्चको ‘कारणदेखाउ’ आदेश

भारतीय सीमाबाट नेपाल पस्न नपाएका नेपालीहरुका बिषयमा सर्वोच्च अदालतले कारकारविरुद्ध कारणदेखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले देशभित्र छिर्न पाउने नागरिकको अधिकार भएको भन्दै लिखित जवाफसहित अदालत उपस्थित हुन सरकारलाई आदेश जारी गरेको हो।

अधिवक्ता मनिष कुमार श्रेष्ठ, रामदत्त ओझा, मनिराम उपाध्याय, देवीकुमारी जोशी, दिपकराज जोशी र कीर्तिनाथ शर्माले सीमामा रहेका नेपालीलाई प्रवेश दिनुपर्ने मागगर्दै रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले लिखित जवाफसहित संघीय सरकार र सुदुरपश्चिम प्रदेश सरकारलाई पनि बोलाएको छ।

महाकाली क्षेत्रमा रोकिएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न रोक लगाउनुको कारण लिखित रुपमा लिएर आउन सरकारलाई सर्वोच्चले भनेको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७६ चैत्र २०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP