२०८१ जेष्ठ ६, आईतवार
May 19, 2024, Sunday

कैलालीमा प्रहरी हवल्दार मृत फेला

कैलाली – सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री माया तामाङका ‘पर्सनल सेक्युरिटी अफिसर’ (पिएसओ) मृत फेला परेका छन । प्रहरी हवल्दार रमेशदत्त जोशी बुधबार धनगढी उपमहानगरपालिका – ३ मा रहेको आफ्नै घरमा मृत फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिरामी भएर जोशी आइतबार देखि विदामा बसेका थिए ।

श्रीमती र छोरासंगै बस्दै आएका जोशीकी श्रीमती माघ १० छोरा लगेर आफन्तको विहेमा गएपछि उनी एक्लै घरमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेद प्रकाश जोशीले बताएका छन ।

‘माघ ११ गते श्रीमती संग पनि कुरा भएको खुलेको छ । आज भने बिहान फोन अफ भएपछि घरमा आएर हेर्दा मृत भेटिएका रहेछन’ उनले भने ‘ढोका भित्रबाट बन्द नै थियो । कोठामा सिटामोल लगायतका औषधि भेटिएका छन ।’ उनले घटनाको प्रकृति हेर्दा बिरामी भएर मृत्यु भएको हुनसक्ने बताए ।

Related News

विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
  • २०७८ माघ १३

दिपायल ५ जेठ- सरस्वती मावि रानागाउँमा एक दिने स्वास्थ्य शिविर...

TOP