२०८१ जेष्ठ ६, आईतवार
May 19, 2024, Sunday

बाढीले पुरेको सडक अटो व्यवसायीले सफा गराए

डोटी- बाढीले पुरेको सडक अटो व्यवसायीहरुले सफा गरेका छन् । गत असोज ३१ गते देखि कार्तिक २ गते सम्म आएको बाढीले पिपल्लाको सेती पुल देखि दिपायल विमानस्थल जोड्ने सडक नदी किनारमा बालुवाले पुरेको थियो ।

पक्कि सडक बालुवाले पुरेपछि सवारीसाधनहरु सञ्चालन गर्न निकै कठिन भएको थियो । बालुवाले पुरिएको सडकमा अटो लगायतका सवारीसाधन सञ्चालन गर्न कठिन भए पछि भाडामा स्काइभेटर लगाएर भागेश्वर अटो प्रालिका व्यवसायीहरुले सडक सफा गरेका हुन् ।

स्थानीय सरकार, जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई बाटो सुधारका लागि पटक–पटक अनुरोध गर्दा पनि कसैले चासो नदेखाए पछि आफुहरुले भन्दा संकलन गरेर सडक सरसफाई गरेको भागेश्वर अटो प्रालिका सचिव प्रदिप बोगटीले बताए । बाढीले सडक पुरेको महिनौ वित्ता समेत सरोकारवालाको ध्यान नजानु दुःखद रहेको उनले बताए ।

यसअघि अटो व्यवसायीहरुले कुलपाते –राजपुर सडकको पहिरो हटाउनुका साथै खाल्डाखुल्डीहरु पुरेको थियो ।

Related News

विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
  • २०७८ पुष २७

दिपायल ५ जेठ- सरस्वती मावि रानागाउँमा एक दिने स्वास्थ्य शिविर...

TOP