२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

डडेल्धुराबाट भालुको पित्त र बाघको छालासहित एक जना पक्राउ

डडेल्धुरा- डडेल्धुरामा बाघको छालासहित एक युवक पक्राउ परेका छन्।  अजयमेरू गाउँपालिका–१ का २९ वर्षीय जगत सिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

उनले चलाई रहेको सुपप्र०४००१ प ०५४८ नम्बरको मोटरसाईकलमा ओसारदै गरेको अवस्थामा भालुको पित्त थान एक, ठुलो बाघको जस्तो देखिने छाला थान एक, सानो बाघको जस्तो देखिने छाला थान एक बरामद गरिएको प्रहरीले जनाएको छ। 

अमरगढी नगरपालीका– ६ तोली स्थित दशरथचन्द राजमार्ग सडकखण्डबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका भण्डारीलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय डडेल्धुरामा बुझाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ माघ १८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP