२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

पानी सुरक्षा योजना तथा मर्मत सम्भार कार्ययोजना तयारी तालिम हुँदै

एकेन्द्र चन्द / शिस

बडिकेदार – बडिकेदार गाउँपालिकामा पानी सुरक्षा योजना तथा मर्मत सम्भार कार्ययोजना तयारी तालिम सुरु भएको छ । कोरोना भाइरसको महामारीबाट बच्नको लागि उक्त तालिम फलदायी हुने बताइएको छ ।

शुद्धखाने पानीको अभाव हुँदा कोरोना भाइरस जस्ता रोगले संक्रमण फैलाउने सम्भावना बढ्ने भएकाले शुद्धखाने पानी र सरसाफाई सम्बन्धि तालिम दिइएको बडिकेदार गाउँपालिकाको ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजनाले जनाएको छ । अहिले परियोजना गाउँपालिकाको वडा न ५ मा संचालित छ ।

गाउँपालिकामा खानेपानि निर्माण भए पनि शुद्ध खानेपानीको अभाव हुँदै आएको र बर्सातमा धमिलो पानि आउने भएकाले स्थानियलाई सचेत गराउन, शुद्धपानी पिउन उतप्रेरणा दिने उद्येश्यले तालिम सञ्चालन गरिएका केदार ग्रामिण विकास समाज नेपाल डोटिले जनाएको छ ।

एक बर्ष भित्र गाउँपालिकाले वडा न ५ मा रहेका सबै स्थानीयको घरघरम शुद्धखाने पानी पुर्याउने लक्ष्य लिएकोे गाउँपालिकाले जनाएको छ । आधारतभुत मर्मत सम्भार सरसफाइ तथा स्वच्छता सम्बन्धि महिला, धारा उपभोक्ता समिति तथा आमा समूहलाई तालिम दिइएको छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ जेष्ठ २७

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP