
डोटी- स्थानीय सरकारमा निर्वाचित भएपछि कतिपय स्थानीय सरकार प्रमुखहरुको जीवनशैली नै परिवर्तन भएको छ । ४ वर्षको अबधिमा विलासीन जीवनशैली देखि लिएर महंगा गाडी, महंगा होटल रेष्टुरेण्टमा भेटिन्छन् धेरै जसो जनप्रतिनिधि ।
निर्वाचन अघि सामान्य, मध्यम वर्गका नेताहरुको जनप्रतिनिधि भएपछि लगाइ, खुवाइ, हिंडाइ नै परिवर्तन भएको छ । तर, केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही जनप्रतिनिधि भएको चार वर्ष देखि मोटरसाइकलमै यात्रा गरिरहेका छन् । उनि जनताहरुसँग सहजै घुलमिल हुने, सरल व्यवहार गर्ने दैनिक जनताको घर–आगनमा पुग्ने, जनताको प्रत्यक्ष सम्पर्कमा रहने गर्दछन् ।

गरिव जनताहरुले स्यानो स्वास्थ्य समस्याका लागि उपचार गर्न बाहिर जानु पर्ने बाध्यता रहेकाले उनिहरुको उपचारमा सहजता ल्याउन गाडी खरिद नगरेर गाउँपालिकामा विषेशज्ञ डाक्टरको व्यवस्था गरेको उनले बताए । ‘गाडी खरिद गर्न ७०÷८० लाख खर्च पर्छ त्यसको मर्मत देखि तेल खर्च पनि बढी आउँछ शाहीले भने,‘एउटा डाक्टर राख्यो भने ५ वर्षको अवधिमा ५०÷६० लाखमा चिकित्सकीय सेवा दिन सकिन्छ भन्ने सोचेर गाडी खरिद गरेन ।’
जनप्रतिनिधिहरुले जनताका लागि आउने बजेट दुरुपयोग नगरेर सदुपयोग गर्नु पर्ने अध्यक्ष शाहीले बताए । अनावस्यक विलासीनताका कुराहरुमा बढी बजेट खर्च गर्दा जनताहरु आफुले पाउने प्रतक्ष अवसरबाट बञ्चीत हुने भएकाले जनताका लागि आएको बजेट उनिहरुकै लागी खर्चगर्नु पर्ने दायित्व जनप्रतिनिधिहरुको रहेको उनको भनाई छ ।
आफु जनताको सेवक भएका कारण जनताको सेवाका लागि काम गर्दै आएको उनले बताए । सुरुको वर्ष आफ्नै व्यक्तिगत मोटरसाइकल प्रयोग गरेका अध्यक्ष शाहीले त्यो मोटरसाइकल बिग्रेपछि दोस्रो वर्ष पछि मात्रै सरकारी मोटरसाइकल चढ्न थालेका हुन् ।
निर्वाचन भएपछि केन्द्रको सिंहदरबारको अधिकार गाउँगाउँसम्म आयो । केन्द्रको जस्तै अधिकार दुरुपयोग गर्ने प्रचलन पनि सँगै भित्रियो । नभन्दै जनताको विकास निर्माणका लागि खर्च गर्न गाउँ पठाइएको बजेट स्थानीय जनप्रतिनिधिले सेवा सुविधामा खर्च गर्न प्रतिष्पर्धा गर्न थाले । फलस्वरूप महङ्गा विलासी गाडी किनेर सर्वत्र आलोचना पनि खेपे । परिवर्तित व्यवस्थामाथि नै प्रश्न उठ्न थाल्यो ।
जिल्लामा नौवटा स्थानीय तहहरु छन् । दुईवटा नगरपालिका र सातवटा गाउँ पालिका छन् । तर, यस्ता आलोचनाको बीचमा डोटीका एक जनप्रतिनिधिले भने गाडी नचढ्ने घोषणा गरे । निर्वाचन अघि जनतामाझ जाँदा सेवा सुविधा आफूले लिने भन्दा जनताको काममा जवाफदेही हुने प्रतिबद्धता व्यक्त गरेका गाउँपालिकाका अध्यक्ष शाहीले निर्बाचित भएको चार बर्ष सम्म गाडी किनेका छैनन् ।
उनी मोटरसाइकलमै गाउँ पालिकाको कार्यालयसम्म आउनेजाने गर्छन् । विभिन्न सेमिनार , अनुगमन तथा कार्यक्रम हुँदा समकक्षीहरूको जस्तो महङ्गा र विलासी गाडीमा आउँदैनन् । कहिलेकाही ग्रामिण सडकको वाटाे भएर कार्यक्रममा पुग्ने बेला ढुटाेमाटि संघ पुग्दा धेरैले उनलाई अध्यक्ष भएर गाडी किन्न कति लोभ गरेको भनेर जिस्काएकाे तितो यथार्थ उनी सुनाउँछन् ।
शिखर समाचारसँग कुरा गर्दै अध्यक्ष शाहीलले भने, ‘जनताको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ । स्थानीय तहको क्षमताअनुसार के मा खर्च गर्ने मैले निर्बाचित भए देखि त्यसैमा जोड दिएर अगाडि बढेकाे छु, मलाई जसरी जनताको औधी माया विश्वास छ। त्यो अहिलेसम्म डगमगाउन दिएकाे छैन ।’ म निर्बाचित भैसके पछि पालिकामा एम.वि.विएस डाक्टर ल्याउने नेपालकै पहिलाे गाउँ पालिका चिनाउनका साथै सेवा दिन सफल भए । गाउँ पालिकाका सबै वडामा बिजुली र सडक बिस्तार गरे । उनले थपे ,’ सधै दशैतिहारका बेला सुपथ मुल्यकाे पसल संचालनमा ल्याउने गरेका छौं।
केआईसिंह संग्रहालय निर्माणकै चरणमा छौ, बर्षाै देखि खानेपानीको हाहाकार हुने वडा नं १ र ३ मा खानेपानी पुर्याउन सफल भयौं । सुदुर पश्चिम प्रदेशको पहाडी जिल्लामा पहिलो मगर होमष्टे गणेशकाँडामा बनाउन सफल भएका छौं ।’ सबैले सेवाको भावमा काम गरे गाउँमासिंह दरबार आएको अनुभुती दिन सकिन्छ । सोही अनुसार गाउँपालिकामा निर्वाचित जनप्रनिधी लागी परेको अध्यक्ष शाहीको भनाइ छ।
सिकाई पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन सम्मान स्वरूप गाउँपालिकाले गुरु पुर्णिामाको दिन गुरु दक्षिणा दिने कार्यक्रम ल्याएकाे बताए । सोही गाउँपालिका उपाध्यक्ष मिना बिष्ट पनि निर्वाचित भए देखि जनताको सेवामा अहोरात्र खटिरहेको बताउछिन् ।
‘पद्म पब्लिक प्रिमियिर कप–२’ मोहन पनेरु / डोटी । डोटीमा...