२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

सेती अस्पतालमा उपचार भैरहेका कञ्चनपुरका संक्रमितको पनि नेगेटिभ रिपोर्ट

धनगढी : सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमितको एउटा रिपोर्ट नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुषको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो।

उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखाएको थियो। अर्को परीक्षणमा पनि उनको रिपोर्ट नेगेटिभ देखाए अस्पतालबाठ डिस्चार्ज गरिने प्रादेशिक अस्पतालले जनाएको छ। 

यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय संक्रमित युवकलाई सञ्चो भएपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ। उनीहरु दुबै जनाको पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएको छ।

अहिले कञ्चनपुरका ४१ बर्षीय पुरुषसंगै धनगढी उप–महानगरपालिका वडा नम्वर ५ कि ३४ बर्षीय महिला र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलाको पनि सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ बैशाख १०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP