२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

विवादै–विवाद र भिडभाडका वीच दिपायल सिलगढी नगरपालिकामा राहत वितरण (भिडियो सहित)

प्रहरी प्रशासन मुखदर्शक

डोटी– प्रदेश सरकारबाट प्राप्त राहता वितरणका क्रममा विवाद उत्पन्न भएको छ । दिपायल सिलगढी नगरपालिकाले आफ्नो नगरका वडाहरुमा खाद्यान्न वितरण गरिहदा विवाद उत्पन्न भएको हो ।

प्रदेशले विपन्न तथा मजदुरहरुलाई राहत वितरण गर्न भनि स्थानिय तहलाई दिएको बजेटबाट नगरपालिकाले आफै खाद्यान्न खरिद गरी वितरण गरेपछि विवाद सृजना भएको छ । प्रदेशले बनाएको मापदण्डका आधारमा राहत वितरण गरिएको नगर प्रमुख मञ्जु मलासिले बताउँदै आएकी छिन् ।

नगरले वितरण गरेको खाद्यान्न वास्तविक मजुर र विपन्न संगै अन्य व्यक्तिहले पनि लिएको जन गुनासो छ । दिसिनपा वडा नं. ४ मा वितरण गरिएको राहत पहुँच र भनसुनका आधारमा वितरण भएको स्थानियहरुको आरोप छ । उक्त वडाले राहतका लागि पठाएको नामावलीमा विवाद सृजना भएपछि सर्वदलीय समिति बनाएर राहत वितरण गरे पनि स्थानियहरुले वडाध्यक्ष तथा नगर प्रमुखको आलोचना गर्दै आएका छन् ।

त्यस्तै नगरपालिकाको वडा नं. २ मा राहत वितरण गर्न नगरको टिम जाँदा विवाद उत्पन्न भएको थियो । वडाध्यक्ष्य राजेन्द्र खड्ले नगरमा पठाएको राहत पाउँने ३४ जना व्यक्तिको लिस्टमा धेरै विपन्न तथा मजुर छुटेकोले छुटेका थप व्यक्तिलाई पनि राहत वितरण गरे मात्रै वितरण गर्न दिने भन्दै अबरोध गरे पछि विवाद भएको थियो । खाद्यान्न वितरण गर्न नमाने पछि निकै लामो समय सम्म जनप्रतिनीधिहरुको चर्काचर्की नै भएको थियो । राहत लिन आएका जनता जनप्रतिनीधिको चर्काचर्कीका दर्शक बनिरहे ।

कोभिड १९ कोरोना भाइरसका कारण प्रशासनले भेला, आमसभा, कार्यक्रम गोष्ठी नगर्न भने पनि राहत वितरणका क्रममा त्यसको पालना भएको पाइदैन । विवाहको कार्यक्रममा समेत ५ जना बाहेक अरु हभागी हुन नपाउँने नियम लागु भएपनि राहत वितरण कार्यक्रममा सयौं मान्छेको भेला हुने गरेको छ । सामाजिक दुरी कायम गर्दै राहत वितरण गराउँनु पर्ने प्रहरी प्रशासन पनि मुख दर्शक भएर बसेको पाइन्छ । जनप्रतिनीधि, प्रहरी प्रशासनले नगरको २ नम्बर वडामा भएको भिडभाडको वास्ता समेत गरेन ।

राहत वितरण, खरिदका बिषयमा नगरले आफुसंग समन्वय र कुनै जानकारी नगरेको वडाध्यक्ष खड्काले बताए । एक्कासी वडामा राहत वितरण गर्नुपर्ने भएकाले चाँडो लिस्ट पठाउँन भने पछि हतारमा ३४ जनाको नाम लिस्ट पठाउँदा केही व्यक्त छुटेकोले छुटेका व्यक्तिलाई पनि राहत वितरण गर्नु पर्ने खड्काको अडान थियो । नगरले सम्बन्धित वडालाई राहत खरिद र वितरणको पुर्ण जिम्मेबारी दिएको भए विवाद नआउँने वडाका जनप्रतिनीधिहरुको भनाई छ ।

छुटेका अन्य व्यक्तिहरुलाई पनि राहतको व्यवस्था गरिने सहमती भए पछि विवाद साम्य भएको थियो । नगर प्रमुखले अन्य छुटपिट व्यक्तिलाई पनि ४÷५ दिन भित्रै राहत दिने घोषाण गरे पछि ३४ जनलाई राहत वितरण गरिएको थियो ।

नगरको २ नम्बर वडामा सृजित विवाद र समाधान भिडियोमा हेर्न यहाँ क्लिक गर्नुस्

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ बैशाख १५

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP