भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका लागि सम्बोधन गर्दै आइतबार देशभर जनता कर्फ्यू लागू गरिने बताएका छन् । २२ मार्चका दिन सबैलाई जनता कर्फ्यूको पालना गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री माेदीले जनताद्वारा जनतामा लागू गरिने जनता कर्फ्यूलाई सबैले पालना गर्नुपर्ने बताए।
बिहीबार साँझ देशवासीलाई सम्बोधन गर्दै मोदीले वैश्विक महामारीसँग लड्न देशवासीमा संकल्प र संयम आवश्यक रहेको पनि बताएका छन्।
उनले बिहान ७ बजेदेखि राति ९ बजेसम्म लागू हुने जनता कर्फ्यूलाई सबैले पालना गर्नुपर्ने बताएका छन्।
मोदीले सम्बोधनका क्रममा अत्यावश्यक नपरे घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । उनले सबैलाई घरबाटै काम गर्न पनि सुझाएका छन् ।
उनले संकटको बेला सबै जनताले सबैको मनोबल बढाउन र साथ दिन आग्रह गरेका छन् । सकभर अस्पताल जानुपर्ने अवस्थाबाट बच्न आग्रह गरेका छन् । फोनबाट डाक्टरसँग सल्लाह लिन पनि सुझाएका छन् । ठूलो संकटको बेलामा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।
दिपायल– सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा दुई सय ५२ जना...