२०८३ कार्तिक ९, आईतवार
October 25, 2026, Sunday

पतञ्जलीलाई १० लाख जरिवानासहित ‘कोरोना सम्बन्धी औषधि’ बेच्न नपाउने आदेश

मद्रासको उच्च अदालतले रामदेवको पतञ्जली आयुर्वेदलाई ‘कोरोनिल ट्रेडमार्क’ प्रयोग गरी औषधि उत्पादन र विक्रि वितरण नगर्न आदेश दिएको छ।

बिहीबार अदालतले कोरोना भाइरसको उपचारको नाम लिएर पतञ्जली आयुर्वेदिकले औषधि बेच्न नपाउने आदेश दिएको छ। नोवेल कोरोना भाइरस निको हुने भन्दै औषधि बेचेबापत पतपञ्जलीलाई १० लाख जरिवाना पनि गरेको छ।

चेन्नाईमा भएको एक कम्पनीले ‘कोरोनिल’ ट्रेडमार्क सन् १९९३ देखि प्रयोग गर्दै आएको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो।

उक्त कम्पनीले प्रयो गरेको ट्रेडमार्क ‘कोरोनिल –९२ बी’ एसिड सम्बन्धी ठूला मेसिन सफा गर्ने, उद्योगमा प्रयोग गरिने रसायन रहेको जानकारी दिएको छ।

कम्पनीले सन् २०२७ सम्म यो ट्रेडमार्क आफ्नो स्वामित्वमा रहेको जानकारी दिएको छ। तर पछिल्लो समय पतञ्जलीले यो ट्रेडमार्क प्रयोग गरी ‘कोरोनाको औषधि’ भन्दै ‘कोरोनिल ट्याबलेट’ नाममा प्रयोग गर्दै आएको थियो।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०७७ श्रावण २३

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP