२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

नेपालमा भारतीय न्‍यूज च्‍यानलहरुको प्रसारण बन्द

काठमाडौँ- केही समययता नेपाल र नेपाली नेताहरुबिरुद्ध जथाभावी प्रचारबाजी गरिरहेका भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द भएको छ।

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको एमएसओका अध्‍यक्ष दिनेश सुवेदीले जानकारी दिए।

उनले भने, ‘नेपालको राष्ट्रियतामाथि आँच आउने समाचारहरु प्रसारण भएकाले हामीले भ्रामक र अतिरञ्जित खबर फैलाउने भारतीय न्यूज च्‍यानलहरुको प्रसारण साँझदेखि रोकेका हौँ।’ उनले भारतीय च्‍यानलहरुको प्रसारण  बन्द गरिए पनि  औपचारिक निर्णय भने भोलि मात्रै गरिने बताए।

जीन्‍यूज, आजतक, एबिपीलगायत समाचार च्यानलहरु बन्द गरिएका हुन्। बिहीबार साँझदेखि नेपालमा कुनै पनि भारतीय न्युज च्यानलहरु प्रसारण भएका छैनन्।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ असार २६

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP