२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

लकडाउन खुकुलो पारेपछि कोरोना संक्रमणमा नयाँ रेकर्ड : डब्लुएचओ चिन्तित

आइतबार एकै दिन अहिलेसम्मकै धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ८३ हजार नयाँ संक्रमित थपिएका छन्। यीमध्ये ६० प्रतिशतभन्दा बढी उत्तर तथा दक्षिण अमेरिकामा छन्।

थुप्रै देशले लकडाउन खोलिरहेका बेला संक्रमितको संख्या बढेको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको छ।

उता, दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ। त्यहाँ कोरोना संक्रमितको संख्या ११ लाखभन्दा बढी पुगिसकेको छ।

कोरोनाबाट प्रभावित दोस्रो देशमा पर्छ ब्राजिल। सबैभन्दा बढी प्रभावित अमेरिका छ, जहाँ २२ लाख ८० हजार संक्रमित भइसकेका छन् भने १ लाख २० हजार जनाको मृत्यु भइसकेको छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित शीर्ष ५ देशमा अमेरिका, ब्राजिल, रुस, भारत र बेलायत छन्।

गएको डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म ८९ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। यीमध्ये ४ लाख ६७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ असार ८

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP