२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

भारतीय सुरक्षाकर्मीको नियोजित उक्साहटका कारण भिडन्त : चीन

काठमाडौं- चीनले दुई देशको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच भएको भिडन्तलाई ‘भारतीय सुरक्षाकर्मीको नियोजित उक्साहट’ भनेको छ ।

गएको सोमबारको हिंसात्मक झडपबारे पहिलो औपचारिक प्रतिक्रिया दिँदै चीनले भारतीय सुरक्षाकर्मीमाथि दोषारोपण गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजिएन झाओले भारतीय सेना चिनियाँ भू–भागमा प्रवेश गरेर आक्रमण गरेपछि भीषण युद्ध निम्तिएको बताएका छन् । तर, उनले चिनियाँ सेनातर्फ भएको हताहतीबारे भने कुनै विवरण दिएनन् ।

झाओले गलवान उपत्यकामा स्थिति सामान्य बन्दै गएका बेला भारतीयहरूले नियन्त्रित सीमारेखा पार गरेर चिनियाँ सेनामाथि हिंस्रक आक्रमण गरेपछि भिडन्त भएको बताए ।

भारतीयहरूले गलवान उपत्यकामा अप्रिलयता नियन्त्रित सीमारेखामा सडकहरू, पुलहरू र अरू संरचनाहरू बनाइरहेको झाओको भनाइ छ ।

लद्दाखस्थित गलवान उपत्यकामा भएको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । दुवैतर्फ क्षति भएको भारतको भनाइ छ ।

शुक्रबारमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनैपनि विदेशी सेना भारतीय क्षेत्रमा प्रवेश नगरेको र भारतीय भूमि नगुमेको बताएका थिए ।

उनले भारतीय भू–भागको रक्षाका लागि भारतीय सशस्त्र फौजलाई आवश्यक कदमहरू चाल्नका लागि अधिकार दिइएको बताए ।

दुई आणविक शक्तिसम्पन्न यी दुई देशबीच यो क्षेत्रमा सीमारेखा स्पस्ट छैन । त्यसैले स्पस्ट सिमांकन नगरिएको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मानिन्छ । (imagekhabar)

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ असार ६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP