२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

कोरोना संक्रमितको संख्या ८४ लाख ६१ हजार नाघ्यो, ४ लाख ५३ हजारबढीको मृत्यु ?

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो एक महिना यता झनै तिब्र गतिमा फैलिएको छ ।

हरेक दिन १ लाख ४० हजारभन्दा बढि संक्रमित थपिदैँ आएका छन् भने ५ हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ । पछिल्लो २४ घण्टामा अर्थात बिहीबारमात्रै १ लाख ४० हजार ४ सय १० जना संक्रमित भएका छन् भने ५ हजार १ सय २६ जनाको मृत्यु भएको छ ।

बुधबार १ लाख ४६ हजार १ सय ११ जना संक्रमित भएका थिए भने ५ हजार २ सय ६४ जनाको मृत्यु भएको थियो । मंगलबार १ लाख ४३ हजार ५ सय ६६ जनामा संक्रमण पुष्टि भएको थियो भने ६ हजार ५ सय ९२ जनाको मृत्यु भएको थियो ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट शुक्रबार बिहानसम्ममा ८४ लाख ६१ हजारभन्दा बढि व्यक्ति संक्रमित भएका छन् । ४ लाख ५३ हजार २ सय १६ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढि संक्रमित र मृतक अमेरिकामा छन् । जहाँ २१ लाख ८८ हजार ३७ जनामा संक्रमण पुष्टि भएको छ भने १ लाख १८ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ९ लाख ७८ हजार १ सय ४२ जना संक्रमित भएका छन् भने ४७ हजार ७ सय ४८ जनाको मृत्यु भएको छ । रुसमा ५ लाख ६० हजार ३ सय २१ जना संक्रमित भएका छन् भने ७ हजार ६ सय ५० जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा ३ लाख ६६ हजार ९ सय ४६ संक्रमण पुष्टि हुँदा १२ हजार २ सय ३७ जनाको मृत्यु भएको । बेलायतमा ३ लाख १ हजार ९ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ भने ४२ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ४५ हजार २ सय ६८ जना संक्रमित भएका छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । यस्तै इटालीमा २ लाख ३८ हजार १ सय ५९ जना संक्रमित हुँदा ३४ हजार ५ सय १४ जनाको मृत्यु भएको छ ।

नेपालमा भने शुक्रबार बिहानसम्ममा ७ हजार ८ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ भने २२ जनाको मृत्यु भएको छ ।

Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०७७ असार ५

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP