२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

भारतमा एकै दिनमा ५९ जनाको मृत्यु : प्रतिमिनेट एक नयाँ कोरोना संक्रमित थपिँदै

काठमाडौं- तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा २४ हजार ४ सय ४७ जना संक्रमित भएका छन् ।

शुक्रबार मात्रै १ हजार ४ सय ९६ जनामा कोरोना पुष्टि भएको छ । बिहीबार १ हजार ६ सय ६९, बुधबार १ हजार २ सय ९०, मंगलबार १ हजार ५ सय ४१, सोमबार ९ सय २४, आइतबार १ हजार २ सय ५० र शनिबार २ हजार १३ जनामा कोरोनाको संक्रमण भेटिएको थियो ।

पछिल्लो एक हप्तामा भारतमा औसतमा १४ सय भन्दा बढि कोरोना संक्रमित हरेक दिन भेटिएको छ । यो भनेको प्रत्येक एक मिनेटमा एक नयाँ संक्रमित फेला पर्नु हो ।

यस्तै भारतमा मृत्युदर पनि दिनहुँ बढि राखेको छ । शुक्रबार मात्रै कोरोनाबाट ५९ जनाको मृत्यु भएको छ भने बिहीबार ४०, बुधबार ३६ जनाले ज्यान गुमाएका छन् ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार भारतमा अहिलेसम्म कोरोनाबाट ७ सय ८० जनाको मृत्यु भएको छ ।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०७७ बैशाख १३

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP