२०८१ बैशाख २१, शुक्रबार
May 3, 2024, Friday

युक्रेन युद्ध: एक्लै १,२०० किलोमिटर यात्रा गरेर ११ वर्षे बालक युक्रेनबाट अर्को मुलुक पुगे

दुईवटा साना झोला, राहदानी र आफन्तको फोन नम्बर मात्र लिएर पूर्वी युक्रेनबाट करिब १२०० किलोमिटर यात्रा गरी एकजना बालक सुरक्षित रूपमा स्लोभाकिया पुगेका बताइएको छ।

११ वर्षीय हसनले जापोरिज्यास्थित आफ्नो घर छाड्दा उनकी आमा र हजुरआामा उतै छुट्न पुगे।

उनकी वृद्ध हजुरआमाले घर छाड्नसक्ने अवस्था नहुँदा हसनकी आमा पनि उनीसँगै जान सकिनन्।

उनले आफ्नो छोरालाई एउटा रेलमा चढाइदिइन् र हसन अन्ततः सीमा क्षेत्रमा पुगे।

त्यहाँबाट सीमा पार गर्न उनलाई भन्सार अधिकारीहरूले मद्दत गरे।

अधिकारीहरूका भनाइमा उनी नायक बनेका छन् र उनले आफ्नो मुस्कानले सबैको मन जित्न सफल भएका छन्।

ती बालक एउटा प्लास्टिकको झोला, एउटा सानो रातो पछाडि भिर्ने झोला र आफ्नो राहदानी बोकेर सीमामा पुगेका थिए।

उनका भनाइमा ती बालकको हातमा लेखिएको फोन नम्बर र उनको खल्तीमा रहेको कागजको टुक्रामा लेखिएको नम्बरका आधारमा स्लोभाक राजधानीमा रहेका उनका आफन्तहलाई सम्पर्क गर्न सम्भव भएको थियो।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सन् १९८६ को चर्नोबल दुर्घटनाभन्दा पनि भयानक विनाश निम्तिन सक्ने चेतावनी दिँदादिँदै रुसको सेनाले उक्त केन्द्रलाई यसै सप्ताहन्तमा कब्जा गरेको थियो।

हसन युक्रेन माथिको रुसी हमलापछि त्यहाँबाट भागेका २० लाखभन्दा बढी मानिसमध्ये एक हुन्।

संयुक्त राष्ट्र सङ्घको पछिल्लो विवरण अनुसार युक्रेनबाट १२ लाखभन्दा बढी मानिसहरू पोल्याण्ड पुगेका छन् भने एक लाख ४० हजारभन्दा बढी मानिस स्लोभाकिया पुगेका छन्।

बिबिसी

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
  • २०७८ फाल्गुन २६

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP