२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

रुसद्वारा युक्रेनका सैन्य तथा प्राविधिक केन्द्र लक्षित आक्रमण तीव्र

फाइल फोटो

रुसले युक्रेनको राजधानी किभमा आक्रमण तीव्र बनाएको छ । दुई देशबीचको शान्ति वार्ता विफल भएपछि आक्रमणलाई बढाएको रुसले युक्रेनको राजधानी किभ केन्द्रित आक्रमण गरिरहेको बीबीसीले जनाएको छ ।

रुसले केही समयअघि किभमा रहेको टिभी टावरमा आक्रमण गर्दा पाँच जनाको ज्यान गएको युक्रेनले जनाएको छ । रुसले अहिले किभमा रहेका सुरक्षा र प्रविधि संयन्त्रहरुलाई लक्षित गरी आक्रमण गरिरहेको छ । यसैबीच विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनका लागि तीन बिलियन अमेरिकी डलर सहायता घोषणा गरेको छ । दुई संस्थाले संयुक्त विज्ञप्ति निकालेर बढ्दो मृल्यवृद्धी रोक्न र युक्रेनी नागरिकको सहायताका लागि अर्को हप्तासम्ममा सहयोग रकम तीन सय ५० बिलियन डलर पुर्याउने बताएका छन् ।

यसैबीच बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले आफ्नो सेना युक्रेनमाथिको आक्रमणमा रुसी सेनासँग सामेल नहुने बताउनुभएको छ । भ्लादिमिर पुटिनका नजिकका सहयोगी लुकासेन्कोले बेलारुसी सेनाले सैन्य कारबाहीमा भाग नलिएको र कहिल्यै नलिने बताएको बीबीसीले जनाएको छ । यसैबीच रुसले शान्ति वार्ताको लागि युक्रेनले चासो नदेखाएको आरोप लगाएको छ ।

संयुक्त राष्ट्रंघका लागि रुसी राजदुत गेनाडी गाटिलोभले युक्रेन र उसलाई सहयोग गर्नेहरुले आवश्यक कुटनीतिक पहल नगरेको बताएको बीबीसीले जनाएको छ ।

Related News

नयाँ सरकार गठनको बाटो खुल्यो, राष्ट्रपति कानुनी परामर्शमा
नयाँ सरकार गठनको बाटो खुल्यो, राष्ट्रपति कानुनी परामर्शमा
  • २०७८ फाल्गुन १८

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको...

TOP